केएल राहुल आइपिएलका सबैभन्दा महँगा खेलाडी

Read Time:1 Minute

भारतीय टिमको ओपनर केएल राहुल आईपिएल इतिहासकै सबभैन्दा महँगा खेलाडी बनेका छन्। आइपिएलका हरेक सिजन उत्कृष्ट प्रदर्शन गरिहेका राहुललाई नयाँ टिम लखनउले १७ करोड भारतीय रुपैयाँमा किने उनी महँगा खेलाडी बनेका हुन्।

मेगा अक्सनअघि राहुललाई पञ्जाब किंग्सले रिलिज गरेको थियो । आइपिएलमा थपिएका दुई टिमले ३ खेलाडी छान्न पाउने प्रावधानअनुसार लखनउले मोटो रकममा राहुललाई भित्र्याउँदै कप्तानको जिम्मेवारी पनि दिएको छ।

यसक्रममा उनले २०१८ मा विराट कोहलीले बनाएको रेकर्ड बराबरी गरेका हुन् । त्यो सिजन रोयल च्यालेन्जर्स बैंग्लोरले कोहलीलाई १७ करोडमा अनुबन्ध गरेको थियो ।

यो सिजन महँगा खेलाडीको सूचीको दोस्रो स्थानमा रवीन्द्र जडेजा, रोहित शर्मा र ऋषभ पन्त । उनीहरूले १६–१६ करोड रुपैयाँ पाउनेछन् । यो पटक कोहलीले भने हार्दिक पाण्ड्या र रसिद खानसँगै तेस्रो स्थानमा छन्। यी तीनैले १५ करोड रुपैयाँ पाउनेछन् ।

कुनै समय सबभन्दा धेरै कमाउने खेलाडीमा रहेका चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीले भने यो वर्ष १२ करोड पाउनेछन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post क्रिकइन्फो अवार्डमा मनोनयनमा परे सन्दीप लामिछाने
Next post अमेरिकी क्लब बिवाइएससीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
Close