भारतीय विकेटकिपर ब्याट्सम्यान केएल राहुलले एसिया कप क्रिकेटका सुरुआती दुई खेल गुमाउने भएका छन्।
चोटका कारण राहुलले २ खेल गुमाउने मुख्य प्रशिक्षक राहुल द्रविडले बताएका छन्। योसँगै उनले नेपाल र पाकिस्तानसँगका समूह चराण्का खेल गुमाउने छ।
विकेट किपर ब्याटर केएल राहुलले नियमति प्रशिक्षण गरिरहेको सुधार पनि भइरहेको द्रबिडले बताए। भारत अघिल्लो चरण पुगे राहुल उपलब्ध हुने विश्वास द्रबिडको छ।
भारतले आफ्नो पहिलो खेल पाकिस्तानसँग २ सेप्टेम्बरमा खेल्ने छ भने नेपाल र भारतको खेल ४ सेप्टेम्बरमा श्रीलंकामा नै हुने छ ।