रोनाल्डोको समर्थनमा कोहली

Read Time:2 Minute

भारतीय क्रिकेट टिमका स्टार क्रिकेटर विराट कोहली पोर्चुगिन सुपरस्टार क्रिस्टियानो रोनाल्डोको समर्थनमा देखिएका छन्। रोनाल्डोका ठूला फ्यान रहेका कोहलीले पोचुैगल विश्वकपबाट चाँडै बाहिरिएपछि उनको समर्थन गरेका हुन्।

पोर्चुगल क्वार्टरफाइनलबाटै बाहिरिएसँगै ३७ वर्षीय रोनाल्डो करिअरमा विश्वकप जित्न असफल भएका छन्। पछिल्लो समय रोनाल्डोको आलोचना भइरहेपछि कोहलीले रोनाल्डोको समर्थन गरेका हुन्।

कोहलीले सामाजिक सञ्जाल मार्फत् रोनाल्डगोको योगदान ट्रफी र उपाधिसँग दाँज्न नमिल्ने बताएका छन्। उनले रोनाल्डोले खेल हेर्दा आफू र समग्र फुटबलप्रेमीले प्राप्त गर्ने उत्साहको बयान गर्न नसकिने बताएका छन्।

‘कुनै ट्रफी वा कुनै उपाधिले तपाईंले फुटबल र विश्वभरका फुटबलप्रेमीहरूका लागि हासिल गर्नुभएको केहीमा पनि कमि ल्याउन सक्दैन,’ भर्खरै करिअरको ७२औं शतक प्रहार गरेका कोहलीले लेखेका छन्, ‘कुनै पनि उपाधिले तपाईंले संसारभरका मानिसहरूमा पार्नुभएको प्रभाव, म र विश्वभरका फुटबलप्रेमीले तपाईंको खेल हेर्दा महसुस गर्ने उत्साह बयान गर्न सक्दैन। त्यो भगवानले दिएको वरदान हो।’

कोहलीले रोनाल्डोले परिश्रम र समर्पणको पर्यायवाचीका रुपमा ब्याख्या गरेका छन् । उनले लेखेका छन्, ‘हरेक खेलमा दिल खोलेर खेल्ने तपाईं कडा परिश्रम र समर्पणको पर्यायवाची हुनुहुन्छ, हरेक खेलाडीको प्रेरणाको श्रोत तपाईं वास्तवमै हाम्रा लागि वरदान नै हो। त्यसैले तपाईं मेरा लागि ग्रेटेस्ट अल अल टाइम ९न्।इ।ब्।त्।० हुनुहुन्छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ब्राजिलको प्रशिक्षक बन्लान् ग्वार्डिओला ?
Next post के नेमार मानसिक रुपमा विक्षिप्त भएका हुन् ?
Close