क्रुनालसँग क्लोज कन्ट्याक्टमा आएका सबै भारतीय खेलाडीकाे रिपाेर्ट नेगेटिभ

मंगलबार कोरोनास संक्रमण पुष्टी भएका भारतीय अलराउण्डर क्रुनाल पाण्ड्यासँग कन्ट्याक्टमा आएका सबै खेलाडीको रिपोर्ट नेगेटिभ आएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले जनाएको छ। श्रीलंकाविरुद्धको दोस्रो टि–२० अघि गरिएको परीक्षणमा क्रुनाललाई कोरोना संक्रमण देखिएको थियो।

क्रुनाललाई कोरोना देखिएपछि उनीसँग क्लोज कन्ट्याक्टमा रहेका ८ जनाको पीसीआर गरिएको थियो । जसमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

क्रुनाललाई संक्रमण देखिएपछि मंगलबारका लागि तय भएको खेल स्थगित भएको थियो । सो खेल आज हुनेछ ।

Facebook Comments Box