आईपिएलमा कोलाकाताको लगातार पाँचौं हार, नवौं खेलमा दिल्लीसँग ४ विकेटले पराजित

Read Time:1 मिनेट

इन्डियन प्रिमियर लिग (आईपिएल) मा कोलाकाता नाइटराइडर्सले लगातार पाँचौं हार व्यहोरेको छ। प्रतियोगितामा लगातार पाँचौं हार व्यहोर्ने क्रममा बिहीबार राति कोलकाता दिल्ली क्यापिटल्ससँग ४ विकेटले पराजित भयो।

टस हारेर पहिले व्याटिङ गरेको कोलकाताले ९ विकेटको क्षतिमा १४६ रन बनाएको थियो । यसको जवाफमा दिल्लीले १८ औं ओभरको अन्तिम बलमा जित हासिल गर्यो ।

दिल्लीका लागि डेभिड वार्नरले ४२, अक्षर पटेलले २४, ललित यादवले २२ र रोमन पावेलले अविजित ३३ रन बनाए । बलिङतर्फ उमेश यादवले ४ ओभरमा २४ रन खर्चिएर ३ विकेट लिए।

टस जितेर दिल्लीका कप्तान ऋषभ पन्तले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको कोलकाताले खराब सुरुआत गरेको थियो । उसले ३५ रनमै ४ विकेट गुमाएको थियो । यद्यपि कप्तान श्रेयस अय्यर र नितिश राणाले स्थिति केही सम्हाले ।

नितिश राणाले ३४ बलमा सर्वाधिक ५७ रन बनाए । यो उनको आईपीएलमा १५ औं अर्धशतक हो । यसैगरी कप्तान अय्यरले ३७ बलमा ४२ रन जोडे । रिंकु सिंहले १६ बलमा २३ रन बटुले । दिल्लीका कुलदीप यादवले सर्वाधिक ४ र मुस्तफिजुर रहमानले ३ विकेट लिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post रोनाल्डोको गोलमा युनाइटेडले चेल्सीसँग खेल्यो बराबरी
Next post अल्मुताइरीले बोलाए राष्ट्रिय टिममा १७ नयाँ खेलाडी
Close