एकदिवसीय क्रिकेटमा ओपनरद्वाय आसिफ सेख र कुशल भुर्तेलले कीर्तिमानी साझेदारी गरेका छन्। जिम्बाबेमा जारी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा घरेलु टोलीविरुद्ध कुशल र आसिफले १७१ रनको साझेदारी गरे।
यो नेपालले बनाएको एकदिवसीय क्रिकेटको कुनैपनि विकेटको ठूलो साझोदारी हो। जसमा कुशलले ९९ र आसिफले ६५ रन बनाए। यसअिघ यसैवर्ष कीर्तिपुरमा नामिबियाविरुद्ध आसिफ र ज्ञानेन्द्र मल्लले १३९ रनको साझेदारी गरेका थिए।
जिम्बाबेविरुद्ध नेपाललाई उत्कृष्ट सुरुआत दिलाउने क्रममा कुशल भुर्तेलले ९९ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले ९५ बलमा १३ चौका र २ छक्का प्रहार गरे। उनी ३५औं ओभरको पाँचौं बलमा ह्यामिल्टन मासाकाट्जाको बलमा बोल्ड भए।
यस्तै, मासाकाट्जाकै बलमा आउट भएका आसिफले १ सय बलमा ७ चौका प्रहार गर्दै ६६ रन बनाए।
ताजा अवस्थामा नेपालले ३५ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा २८४ रन बनाएको छ। क्रिजमा रोहितकुमार पौडेल र कुशल मल्ल छन्।