
कुशल र सन्दीपको टि–२० वरियता यथावत
आईसिसीले सार्वजनिक गरेको नयाँ वरियतामा कुशल भुर्तेल र सन्दीप लामिछानेको वरियता यथावत छ। आईसिसीको नयाँ वरियतामा ब्याटिङमा कुशल र बलिङमा सन्दीपको वरियता यथावत रहेको हो।
कुशल ५१ यसअघिजस्तै ५१ औं स्थानमा छन् । यस्तै नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल ९४ औं स्थानमा झरेका छन् । गत वर्ष भएको ट्राई सिरिज टि–२० मा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल वरियतामा समावेश भएका थिए ।
टि–२०को ब्याटिङ वरियताको शीर्ष १०मा २ परिवर्तन भएको छ। भारतका केएल राहुल १ स्थानमाथि उक्लँदै चौथो स्थानमा आउँदा इंग्ल्यान्डका डेविड मलान १ स्थान तल झर्दै पाँचौँ स्थानमा आएका छन् । ब्याटिङ वरियताका शीर्ष स्थानमा पाकिस्तानका बाबर अजाम छन्।
यस्तै, बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ८४ औं स्थानमा छन् । बलिङतर्फ श्रीलंकन स्पिनर वानिन्दु हसरंगा शीर्षमा छन्। बलिङतर्फ शीर्ष १० मा कुनै परिवर्तन भएको छैन।