एकदिवसीयमा कुशल, आसिफ र विक्रमको डेब्यू

पपुवा न्युगिनीविरुद्ध ओमानमा भइरहेको एकदिवसीय सिरिजन मार्फत तीन नेपाली खेलाडी एकदिवसीय क्रिकेटमा डेब्यू गरेका छन्।

प्रशिक्षक डेभ वाट्मोरले पपुवा न्युगिनीविरुद्धको सिरिजको पहिलो खेलमा ओपनरद्वय कुशल भुर्तेल, आसिफ सेख र फाूस्ट बलर विक्रम सोबलाई डेब्यू गराएका हुन्।

कुशल र आसिफकोले यसअघि गत वैशालामा नेपालमै आएको त्रिकोणात्मक सिरिज मार्फत नेपाली टिममा डेब्यू गरेका थिए । दुवै सो सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि एकदिवसीयमा पनि उनीहरुलाई नै ओपनिङको मौका दिइएको हो।

यता, घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि राष्ट्रिय टिममा परेका बिक्रमको भने नेपाली टिमका लागि यो पहिलो खेल हो।

यता, अभ्यासका क्रममा चोट बोकेका उपप्तान दीपेन्द्रसिंह ऐरी भने टिमबाट बाहिर रहेका छन्।

आसन्न आईसिसी विश्वकप लिग–२ अन्तर्गतको ओमान र अमेरिकाविरुद्धको त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपालले पपुवा न्युगिनीविरुद्ध २ खेलको सिरिज खलेको हो।

नेपालको सुरुवाती–११ : ज्ञानेन्द्र मल्ल ९कप्तान०, कुशल भुर्तेल, आसिफ शेख, शरद भेषवाकर, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, बिक्रम सोब, पवन सर्राफ।

Facebook Comments Box