बाबर र फखरसँगै कुशल आईसिसीको ‘प्लेयर अफ दी मन्थ’का लागि मनोनयन

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)को ‘प्लेयर अफ दी मन्थ’का लागि नोमिनेशनमा परेका छन् ।

वैशाख पहिलो साता सम्पन्न त्रिकोणात्मक टि–२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल अप्रिलका लािग आईसिसीको प्लेयर अफ दी मन्थको नोमिनेशनमा परेका छन् ।

‘प्लेयर अफ दी मन्थ’का लागि कुशलले दुई पाकिस्तानी खलाडी फरक जमान र बाबर अजामसँग प्रतिस्पर्धा गर्ने छन्। दुवै पाकिस्तानी खेलाडीले दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीचको टि–२० सिरिज मार्फत नै टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका कुशलले लागतार तीन अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका थिए । ४ अर्धशतकसहित कुल २७८ रन बनाएका कुशल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।

उनले प्रतियोतिगामा आसिफ शेखसँग लगातार २ खेलमा शतकीय साझेदारी गर्दै अर्को विश्व कीर्तिमान पनि बनाएका थिए। सोही उत्कृष्ट प्रर्दशनपछि आईसिसीको टि–२० वरियतामा ६३औं स्थानमा आइपुगेका छन्।

कुशल, बाबर र फखर मध्ये एक भोटिङका आधारमा अप्रिल महिनाको ‘प्लेयर अफ दी मन्थ’ बन्ने छन्। आईसिसीको आधिकारी वेवसाइटमा गएर भोट गर्न सकिने छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.