क्रिकेटराष्ट्रिय क्रिकेट

ओमानविरुद्ध कुशल भुर्तेलको शतक

एकदिवसीय विश्वकप छनोटको दोस्रो वार्मअप म्याचमा ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन्। जिम्बाबेमा जारी ओमानविरुद्धको खेलमा कुशलले शतक प्रहार गरेका हुन्।

२६८ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले ९१ बलमा शतक बनाएका हुन्। यस क्रममा उनले २ छक्का र १३ चौका प्रहार गरे। उनी ९४ बलमा १०१ रन बनाएर आउट भए।

कुशलको शतक मद्दतमा नेपाल जित नजिक पुगेको छ। ओमानले दिएको २६८ रनको लक्ष्य पछ्याएको नेपालले ४१ ओभरमा ४ विकेटको क्षतिमा २४७ रन बनाएको छ । क्रिजमा रोहितकुमार पौडेल र कुशल मल्ल छन्।