टि–२० वरीयतामा कुशलले पछि पारे स्टार खेलाडीहरू

SHARE TO:
Read Time:1 Minute

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले आईसिसीको टि–२० वरीयतामा ठूलो छलाङ मारेका छन् । उनी स्टार ब्याट्सम्यनहरुलाई पछि पार्दै आईसिसीकोृ पछिल्लो अपडेट अनुसार उनी ब्याटिङ वरीयतामा ३१औं स्थानमा आइपुगेका छन्।

यसअघि ३९औं स्थानमा रहेका उनले ८ स्थान सुधार गरेका हुन्। उनले भर्खरै सम्पन्न टि–२० विश्वकपको ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गरेका छन्। यसक्रममा कुशलले दक्षिण अफ्रिकाका डेभिड मिलर, न्युजिल्यान्डका ग्लेन फिलिप्स, इंग्ल्यान्डका जोनी बेइरिस्टो, पाकिस्तानका फखर जमानलगायतका पछि पारेका छन्।

यस्तै, नेपाककै अर्का ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी भने एक स्थान तल भरेका छन् । यसअघि ४९औं स्थानमा रहेका उनी अहिले ५०औं स्थानमा छन्।

यसैगरी टि–२० बलिङ वरियतामा शीर्ष सयमा नेपालका दुई खेलाडी परेका छन्। विश्वकपको ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान सन्दीप लामिछाने ७ स्थानमाथि उक्लँदै ३६औं स्थानमा आइपुगेका छन्। यसअघि उनी ४३औं स्थानमा थिए। अविनाश बोहरा पनि बलिङ वरीयतामा ८६औं स्थानमा छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
कमेन्ट गर्नुहोस्ः
SHARE TO:
Previous post फुटबलमा युद्धको प्रभाव : फिफा र युईएफएको प्रतिबन्धमा रुसी फुटबल
Next post बी डिभजिन लिग : श्री भगवती र सरस्ती क्लब विजयी
Close