टि–१० लिगमा कुशलको डेब्यू, १२ बलमा बनाए १८ रन

Read Time:1 Minute

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा अलराउन्डर कुशल मल्लले युएईमा जारी टि–१० लिगमा डेब्यू गरेका हुन् । टिम अबुधाबीबाट टि–१० लिग खेलिरहेका मल्लले अबुधाबी अन्तिम खेल अर्थात् तेस्रो स्थानको प्लेफमा डेब्यूको मौका पाएका हुन् ।

तेस्रो स्थानको प्लेअफमा कुशलले कलन्दर्सविरुद्ध तेस्रो नम्बरमा ब्याटिङको मौका पाएका थिए । उनले १२ बेलमा १ चौका र १ छक्का प्रहार गर्दै १८ रन बनाए । कुशलले अली खानलाई छक्का र खुर्सिद अहदलाई चौका प्रहार गरेका थिए । उनी सातौं ओभरको चौथो बलमा मोहम्मद जाहिदको बलमा बोल्ड भएका थिए ।

पहिला ब्याटिङ गरेको टिम अबुधाबीले १० ओभरमा ६ विकेट गुमाउँदै १२६ रन बनाएको छ । उसका लागि नाजिबुल्लाह जद्रानले १६ बलमा ४५ रन बनाउँदा पाउल स्टर्लिङले ९ बलमा २६ रनको योगदान दिए । कलन्दर्सका मोहम्मद जाहिदले २ विकेट लिए ।

यसअघि सोमपाल कामी र करण केसीले टि–१० लिगमा डेब्यू गरेका थिए । सोमपाल मराठा अरबियन्स र करण पुने डेभिल्समा आबद्ध थिए । सोमपालले ६ खेलमा ३ विकेट लिँदा करणले १ विकेट लिए । करणको टिम तालिकाको पुछारमा रह्यो भने सोमपालको टिम पुछारबाट दोस्रो स्थानमा रह्यो । दुवैले ६ खेलमा १ खेल मात्र जितेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post रुटको दोहोरो शतकमा इंल्यान्ड बलियो
Next post रोनाल्डोको गोलमा युभेन्ट्स विजयी
Close