कुशलले बनाए विश्वकीर्तिमान

युवा अलराउण्डर कुशल मल्ल टि २० अन्तर्राष्ट्रियमा विश्व कीर्तिमान बनाएका छन्। शनिबार भएको त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गर्दै कुशलले अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।

विश्वकीर्तिमान आफ्नो नाममा लेखाउने क्रममा कुशलले अर्का नेपाली खेलाडी सन्दीप जोराको नाममा रहेको कीर्तिमान भंग गरे। नेदरल्यान्ड्सविरुद्ध अर्धशतक बनाउँदा कुशल १७ वर्ष ५० दिनका थिए ।

जोराले सन् २०१९ फेब्रुअरी १ मा युएईविरुद्ध १७ वर्ष १०३ दिनमा अर्धशतक बनाउँदै कीर्तिमान बनाएका छन्।

कुशल एकदिवसीय क्रिकेटमा पनि अर्धशतक बनाउने सर्वाधिक कान्छा खेलाडी हुन्। कुशलले घरेलु मैदानमा अमेरिकाविरुद्ध यो कीर्तिमान बनाएका थिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.