डेब्यूमै कुशलले बनाए विश्व कीर्तिमान

कीर्तिपुरस्थित टियू मैदानमा जारी विश्वकप क्रिकेट लिग–२ अन्र्तगतको त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध एकदिवसीय क्रिकेडमा डेब्यू गरेका युवा कुशल मल्ले डेब्यू खेलमै विश्व कीर्तिमान बनाएका छन् ।

टियू मैदानमा धर्मराएको नेपाली इनिङ सम्हाल्दै अर्धशतक बनाउँदै कुशलले विश्व कीर्तिमान कायम गरेका हुन् । अमेरिकाविरुद्ध ५० रन बनाएका कुशल एकदिवसीय क्रिकेटमा मात्र सबै फम्र्याटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडी बने । उनले १५ वर्ष ३४० दिनमा एकदिवसीय क्रिकेटमा डेब्यू गर्दै अर्धशतक बनाए ।

यसक्रममा उनले नेपालकै रोहितकुमार पौडेलको कीर्तिमान तोडे । रोहितले गत वर्ष भएको युएईविरुद्धको एकदिवसीय सिरिजमा १६ वर्ष १४६ दिनमा अर्धशतक बनाउँदै रेकर्ड बनाएका थिए । त्यसबेला रोहितले मास्टरब्लास्टर सचिन तेन्दुलकरको कीर्तिमान तोडेका थिए ।

सचिनले १६ वर्ष २१३ दिनको छँदा पाकिस्तानविरुद्धको टेस्टमा १७२ बल खेल्दै ५९ रन बनाएका थिए । सचिनले १९८९ मा बनाएको सो रेकर्ड रोहितले ३० वर्षपछि गतवर्ष तोडेका थिए ।

अमेरिकाविरुद्ध कुशलले ५१ बलमा ५० रनको इनिङ खेले । करिम गोरको बलमा क्याच आउट हुनुअघि कुशलले ५१ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरेका थिए । उनले विनोद भण्डारीसँग छैठौं विकेटका लागि ८५ रनको साझेदारी गर्दै नेपाललाई सम्मान जनक अवस्थामा पु¥याएका थिए ।

तर, समग्रमा भने कुशल दोस्रो नम्बरमा आउँछन् । साउथ अफ्रिकाकी महिला टिमकी खेलाडी जोह्मारी लोटेनबर्ग समग्र क्रिकेटमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कम उमेरकी खेलाडी हुन् । उनले १४ वर्षको उमेरमै एकदिवसीय र टेस्ट दुवैमा अर्धशतक प्रहार गरेकी छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.