मलेसियाविरुद्ध कुशलको विस्फोटक ब्याटिङ, २६ बलमै बनाए अर्धशतक

त्रिकोणात्मक सिरिजबाटै टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका ओपनर कुशल भुर्तेलले लागतार उत्कृष्ट ब्याटिङड प्रदर्शन गरिरहेका छन् । यही क्रममा कुशलले लगातार दोस्रो खेलमा पनि अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित टियू मैदानमा भइरहेको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा मलेसियाविरुद्ध कुशलले २६ बलमा अर्धशतक बनाए। कुशलले अर्धशतक बनाउने क्रममा ३ चौका र ५ छक्का प्रहार गरे।

नटआउट रहेका कुशलले ४१ बलमा ६१ रन बनाए। उनले पहिलो विकेटका लागि आसिफ सेखसँग १०२ रनको शतकीय साझेदारी गरे । यअसघि कुशलले नेदरल्यान्ड्विरुद्ध पनि ६४ रनको उत्कृष्ट इनिङ खेलेका थिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.