क्रिकेटराष्ट्रिय क्रिकेट

भारतीय उद्यमी अनुपम मित्तलले ललित राजवंशीलाई ब्याट उपहार दिने

भारतीय उद्यमी अनुपम मित्तलले नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर ललित राजवंशीलाई ब्याट उपहार दिने घोषणा गरेका छन्।

भारत र पाकिस्तानसँग एसिया कप खेलेर फर्किएपछि एक अन्तर्वाताका क्रममा स्पिनर ललितले आफूसँग प्राक्टिस गर्ने ब्याट नभएको भन्दै साथीहरुसँग मागेर ब्याटिङ गर्ने गरेको बताएका थियो।

ललितको सो अन्तर्वार्ता सामाजिकस सञ्जालमा भाइरन बनेपछि उद्यमी मित्तलले ललितलाई ब्याट उपहार दिने घोषणा गरेका छन्।

मित्तलले राजवंशीलाई ब्याट जरुरी भएको र आफूले एउटा दिने बताएका थिए। जसमा आइसिसी एसिया क्रिकेटले प्रायोजनका लागि अनुरोध गर्दा ललितसँग सम्पर्क गराइदिन आग्रह गरेका छन् र ब्याटमा प्रायोजन गर्ने उल्लेख गरेका छन्।

मित्तल सादी डटकमका संस्थापक हुन्। उनी भारतको चर्चित रियालिटी सो सार्क ट्याङ्क इन्डियामा समेत छन्। उनले सार्क ट्याङ्कमार्फत ६० भन्दा बढी कम्पनीमा लगानी गरिसकेका छन्।

एसिया कप २०२३ मा नेपालले भारत र पाकिस्तानसँग खेलेपछि नेपाली खेलाडीबारे भारतमा चासो व्यक्त भइरहेको छ।