
मुम्बईमाथि दिल्लीको जित
Read Time:1 Minute
दिल्ली क्यापिटल्सले आइपिएलमा विजयी सुरूवात गरेको छ। आइतबार भएको खेलमा दिल्लीले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराउँदै विजयी सुरुआत गरेको हो।
पहिला ब्याटिङ गर्दै मुम्बईले दिएको १७८ रनको लक्ष्य दिल्लीले १७.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । उसका लागि ललित यादवले ३८ बलमा नटआउट ४८ रन जोडे। यस्तै ओपनर पृथ्वी २४ बलमा ३८ रन र अक्षर पटेलले १७ बलमा नटआउट ३८ रन बनाए।
बलिङमा मुम्बईका बासिल थम्पीले ३ तथा मुरुगन आविश्वनले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ५ विकेटको क्षतिमा १७७ रन जोड्यो। उसका लागि इशान किसनले नटआउट ८१ रन जोडे। उनले ४८ बलमा ११ चौका र २ छक्का प्रहार गरे। ओपनर तथा कप्तान रोहित शर्माले ४१ रनको योगदान दिए।
बलिङमा दिल्लीका कुलदिप यादवले ३ विकेट र खलील अहमेदले २ विकेट हात पारे।