हाइस्कोरिङ म्याचमा विराटनगरमाथि ललितपुरको सानदार जित

कीर्तिपुरस्थित टियू मैदानमा जारी एभरेस्ट प्रियिमर लिग (इपिएल)मा डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिओट्सले पहिलो जित निकालेको छ । शुक्रबार टियू मैदानमा भएको हाइस्कोरिङ म्याचमा ललितपुरले विराटनगर वारियर्समाथि ३७ रनको जित निकाल्यो ।

पहिला ब्याटिङ गर्दै ललिपुरले दिएको २२७ रनको कीर्तिमानी लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १८९ रन मात्र बनाउन सक्यो । उसका लागि दिल्सान मुनाविराले ३९ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५९ रन बनाउँदा आसिफ सेखले ३० बलमा ३७ रन बनाए।

यस्तै, चन्द्रपाउल हेमराजले १३ बलमा २८ रन बनाउँदा सिकन्दर राजाले १२ बलमा २४ रन बनाए । ललितपुरका लागि अज्मतुल्लाह ओमर्जाइले ४ ओभरमा ४२ रन खर्चेर ४ विकेट लिए भने ललितनारायण राजवंशीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको ललितपुरले विस्फोटक ब्याटिङ गर्दै निर्धारित ओभरमा ५ विकेट गुमाउँदै २२६ रनको विहाल योगफल बनायो । यो नेपाली घरेलु क्रिकेटकै सर्वाधिक रन हो। ललिपुरको विस्फोटक इनिङमा दुई विदेशी खेलाडी सन्दुन विराकोडी र अज्मतुल्लाह ओमर्जाइले उत्कृष्ट इनिङ खेल ।

ओपनिङमा आएका श्रीलंकन खेलाडी विराकोडीले ४० बलमा १० चौका ३ छक्का प्रहार गर्दै ७३ रन बनाए भने ओमर्जाइले २४ बलमा ७ छक्का प्रहार गर्दै नटआउट ५८ रन बनाए । विस्फोटक इनिङ खेलेका ओमर्जाइले २१ बलमै शतक प्रहार गरे। यो घरेलु क्रिकेटको सर्वाधिक छिटो अर्धशतक हो।

यस्तै, कप्तान कुशल भुर्तेलले १७ बलमा ३२ , योगेन्द्रसिंह कार्कीले १८ बलमा २७ रन बनाउँदा जयकिशन कोल्सावालाले १० बलमा १३ रन बनाए । यस्तै, ४ बल मात्र खेलेका नायन जोशीले ३ छक्का प्रहार गर्दै १८ रन बनाए ।

ललिपुरले आफ्नो इनिङमा कुल २१ छक्का प्रहार गरेको थियो भने १५ चौका प्रहार गरेको थियो । यो नेपाली क्रिकेटको एकै इनिङमा प्रहार भएको सर्वाधिक बाउन्ड्री र सर्वाधिक छक्का पनि हो ।

विराटनगरका विराटनगरका कप्तान करण केसीले २ विकेट लिँदा प्रतिश जिसी, सिकन्दर राजा र दिल्शान मुनाविराले समान १ विकेट लिए।

Facebook Comments Box