ललितपुर च्याम्पियन, पुन: चुक्यो भैरहवा

नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्स एभरेस्ट प्रिमियर लिग (इपिएल) च्याम्पियन बनेको छ । शनिबार सम्पन्न तेस्रो संस्करणको इपिएल फाइलनमा भैरहवा ग्लाडियटर्सलाई १४ रनले पारजित गर्दै ललितपुर च्याम्पियन बनेको हो ।

राष्ट्रिय खेलाडी शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा भने पुन उपविजेतामै सिमित बनेको छ । अघिल्लो संस्करणमा भैरहवा उपविजेता बनेको थियो । अघिल्लो संस्करणमा भैरहवा विराटनगर वारिसर्यसँग पराजित भएको थियो ।

ललितपुलाई च्याम्पियन बनाउने क्रममा जयकिशन कोल्सावाला र ललितनारायण राजवंशीले उत्कृष्ट प्रदर्शन गरे । कोल्सावालाले ब्याटिङ र राजवंशीले बलिङमा आफ्नो कौशल देखाए ।

भैरहवाविरुद्धको फाइनलमा ओपनिङमा आएका कोल्सावालाले अर्धशतकीय पारी खेले । उनले ५२ बलमा समान ३ छक्का र चौकाको मद्दतमा सर्वाधिक ५७ रन बनाए । यस्तै राजवंशीले बलिङमा आफ्नो कमाल देखाउँदै ललितपुरलाई च्याम्पियन बनाए । उनले ४ ओभर बलिङ १७ रन खर्चेर ३ विकेट लिए ।

उत्कृष्ट सुरुवात गरेको भैरहवाको ओपनिङ साझेदारी तोड्दै राजवंशीले ललितपुरलाई खेलमा फर्काए । उनले ललिपुरलाई पहिलो सफलता दिलाउने क्रममा नेदरल्यान्ड्सका ब्याट्सम्यान रायन टेन डुस्काटेलाई २३ रनमा गौरब तोमारबाट क्याच आउट गराए । यस्तै उनले भैरहवाका कप्तान शरद भेषावकरलाई बोल्ड गरेका थिए भने महोम्मद नाभीदलाई सन्दीप जोराबाट क्याच आउट गराएका थिए ।

कोल्सावालको अर्धशतकमा ललितपुरले बनायो १५५ रन

तेस्रो संस्करणको इपिएल फाइलनमा भैरहवाले टस जितेर फिल्डिङ रोजेपछि पहिलो ब्याटिङका लागि आएको ललितपुरले १९.१ ओभरमा अलआउट हुँदै १ सय ५५ रन बनाए ।

ललितपुरका लागि इपिएलमा लयमा देखिएका विकेटकिपर ब्याट्सम्यान जकिशन कोल्सावालाले ५७ रनको योगदान दिए । उनले पहिलो विकेटका लागि सन्नी पटेलसँग ४१ रनको साझेदारी गर्दै ललितपुरलाई उत्कृष्ट सुरुवात दिएलाएका थिए । पटेलले १९ बलमा ३ चौका र १ छक्काको मद्दतमा २३ रन बनाए ।

मध्यक्रमका ब्याट्सम्यान क्रिजमा टिक्न नसक्दा ललितपुरले राम्रो सुरुवात गरेर पनि ठूलो स्कोर खडा गर्न सकेन । युवा खेलाडीले भरिएको ललितपुरका लागि यू–१९ टिमका ब्याट्सम्यानद्वय सन्दीप जोरा २४ र कुशल भुर्तेलले ११ रनको योगदान दिए । यस्तै तेस्रो नम्बरमा ब्याटिङका लागि आएका कप्तान ज्ञानेन्द्र मल्ल १० रन बनाएर भेषावकरको बलमा आउट भए ।

ललितपुरलाई मध्यम योगफमा समेट्ने क्रममा भैरहवाका कृष्ण कार्कीले ३ विकेट लिए । उनले २ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । यस्तै नाभीदल र डुस्काटेले २–२ विकोट लिए भने कुशल मल्ल र भेषावकरले १ विकट लिए ।

पुनः चुक्यो भैरहवा

लगातार दोस्रो पटक इपिएलको फाइलनमा पुगेको भैरहवा ग्लाडियटर्स च्याम्पियन बन्नाबाट पुनः चुक्यो । शनिबार कीर्तिपुरस्थित त्रिवी मैदानमा भाएको फाइनलमा भैरहवाले १ सय ५६ रनको मध्यम लक्ष्य पछ्याउन नसक्दा उपाधिबाट बञ्जित भयो ।

भैरहवा दोस्रो एपिएलमा पनि फाइलनमा पुगेको थियो । तर, भैरहवा विराटनगरसँग १ रनले पराजित हुँदै उपविजेतामै समीति बनेको थियो ।

१ सय ५६ रनको लक्ष्य पछ्याएको भैरहवाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनिङ ब्याट्सम्यान प्रदीप ऐरीले सर्वाधिक ३४ रन बनाए । उनले योगेन्द्रसिंह कार्कीको बलमा ज्ञानेन्द्र मल्लबाट क्याच हुनुअघि २२ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे ।

प्रदीपले पहिलो विकेटका लागि डुस्काटेसँग ३३ रनको साझेदारी गर्दै भैरहवालाई राम्रो सुरुवात दिलाएका थिए । डुस्काटे १४ रन बनाएर ललित राजवंशीको बलमा आउट भए । यस्तै रवि इन्दर सिंहले २९, कुशल मल्लले १६, भेषावकरले १४ र आरिफ सेखले १२ रनको योगदान दिए ।

ललितपुरका ललितनारायण राजवंशीले ३ विकेट लिए भने योगेन्द्रसिंह कार्की र पवन सर्राफले २–२ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP