मेयर्स कप वुमन्स च्यामिपयनसिप : मेयर्स ११ माथि सुदूरपश्चिमको सहज जित

आजबाट कीर्तिपुरस्थित टियू मैदानमा सुरु भएको ललितपुर मेयर्स कप वुमन्स च्यामिपयनसिप टि–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ।

शनिबार टियू मैदानमा भएको दोस्रो खेलमा सुदूरपश्चिमले मेयर्स ११माथि ७ विकेटको सहज जित निकालेको हो। पहिला ब्याटिङ गर्दै मेयर्स ११ ले दिएको १०८ रनको लक्ष्य सुदूरपश्चिमले ६ बल बाँकी छँदा ३ विकेटको क्षतिमा भेट्टायो ।

सुदूरपश्चिमको जितमा मञ्जु बोगटीले सर्वाधिक ४१ रन बनाउँदा डोली भट्टले २२ र कविता जोशीले १० रनको योगदान दिइन् । यस्तै ओपनर रेवती धामीले १८ रनको योगदान दिइन्।

पहिलो विकेटका लागि मञ्जु र रेवतीले ५२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए भने डोली र कविताले चौथो विकेटका लागि ३७ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए । मेयर्स ११ का सुमन खतिवाडा, आरती विडारीले समान १ विकेट लिए।

यसअघि कञ्चन श्रेष्ठले ६५ रनको उत्कृष्ट इनिङ खेलेपछि मेयर्स ११ ले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १०७ रन बनायो । रितु उनले ५६ बल खेल्दै ८ चौका प्रहार गरिन् । यस्तै, सुमन खतिवाडाले १६ र अस्मिना कर्माचार्यले १३ रन बनाइन् । मेयर्स ११ का कविता कुँवर, रितु कनौजिया र सम्झना खड्काले समान १ विकेट लिए।

प्रतियोगिताअन्तर्गत आइतबार एपिएफ र सुदूरपश्चिम तथा मेयर्स ११ र लुम्बिनी भिड्ने छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.