मेयर्स कप वुमन्स च्याम्पियनसिपमा एपिएफको लागतार दोस्रो जित

कीर्तिपुरस्थित टियू मैदानमा शनिबारबाट सुरु भएको पहिलो संस्करणको ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिपमा विभागीय टिम एपिएफले लागतार दोस्रो जित निकालेको छ। आइतबार टियू मैदानमा भएको पहिलो खेलमा एपिएफले लागातार दोस्रो जित निकाल्ने क्रममा सुदूरपश्चिम प्रदेशलाई ३७ले हरायो ।

पहिला ब्याटिङ गर्दै एपिएफले दिएको १२८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १९ ओभरमा ९० रनमै अलआउट भयो । उसका लागि सुनिता लुहारले सर्वाधिक २३ रन बनाइन् भन् डोली भट्टले १६ र रेवती धामीले १२ रन बनाए ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपिएफका बिनु बुढाले ३ विकेट लिइन् भनेसीता रानामगर र सुमन विष्टले २÷२ लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले २० ओभरमा २ विकेटको क्षतिमा १२७ रन बनायो । एपीएफका ज्योति पाण्डे अर्धशतकीय योगदान दिइन् । उनले ५० बल खेल्दै ७ चौका प्रहार गरिन् ।

यस्तै सरिता मगरले ३५ र कप्तान सरिता रानामगर १६ रन बनाइन् । सुदूरपश्चिमकी कविता जोशी र सुनिता लुहारले १÷१ विकेट लिए ।

यसअघि प्रतियोगिताको उद्घाटन खेलमा एपिएफले प्रदेश १ लाई ८ विकेटले हराएको थियो । सुदूरपश्चिमको भने यो पहिलो हार हो । सुदूरपश्चिमले पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ७ विकेटले हराएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.