लुम्बिनीमाथि मेयर्स ११को २७ रनको जित

पहिलो संस्करणको ललितपुर मेयर्स कप वुमन्स च्याम्पियनसिपमा ललितपुर मेयर्स ११ विजयी भएको छ । कीर्तिपुरस्थित टियू मैदानमा आइतबार भएको दोस्रो खेल लुम्बिनी प्रदेशलाई २७ रनले हराउँदै मेयर्स ११ले पहिलो जित निकालेको हो।

पहिला ब्याटिङ गर्दै मेयर्स ११ ले दिएको १४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो ।

लुम्बिनीका लागि सरस्वती मगरले सर्वाधिक ४६ रन बनाइन् भने कप्तान नेरी थापा र नितु भण्डारीले समान २०÷२० रन बनाए । अन्यले गतिलो योगदान नदिँदा लुम्बिनी पराजित भयो। मेयर्स ११का सरस्वती कुमारी र आरती बिडारीले समन १ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकी मेयर्स ११ले २० ओभरमा ५ विकेट गुमाएर १४४ रन बनाएको थियो। उसका सुमन खतिवडाले नटआउट ७७ रन बनाइन् ।

३६ रन बनाउँदा ५ विकेट गुमाएको मेयर्स ११ को इनिङ्स उकास्ने क्रममा छैठौं नम्बरमा ब्याटिङ गर्दै समुनले ५२ बलमा ९ चौका र २ छक्का प्रहार गरिन्। यस्तै, यस्तै अश्मिना कर्माचार्यले अविजित २० रन बनाइन्। लुम्बिनीकासुस्मिता भुसाल, स्वतिका बजगाई, कृतिका मरासिनी र सरस्वती पुनले समान १ विकेट लिए।

यसअघि पहिलो खेलमा मेयर्स ११ सुदूरपश्चिमसँग ७ विकेटले पराजित भएको थियो। लुम्बिनीको भने यो पहिलो खेल हो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.