लगातार तेस्रो जित पछि एपिएफ फाइनलमा

लगातार तेस्रो जित निकाल्दै विभागीय टिम एपिएफ पहिलो संस्करणको ललितपुर मेयर्स कप वुमन्स क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। टियू मैदानमा लागतार तेस्रो जित निकाल्ने क्रममा एपिएफले मंगलबार ललितपुर मेयर्स ११ माथि १० विकेको सहज जित निकाल्यो।

यसअघिका दुई खेलमा एपिएफले प्रदेश १ लाई ८ विकेट र सुदूरपश्चिम प्रदेशलाई ३७ रनले हराएको थियो। ललितपुरको भने यो दोस्रो हार हो। यसअघि उसले लुम्बिनीलाई २७ रनले हराउँदा सुदूरपश्चिमसँग ७ विकेटले पराजित भएको थियो।

मंगलबार भएको खेलमा पहिला ब्याटिङ गर्दै ललितपुरले दिएको ६७ रनको झिनो लक्ष्य एपिएफले ९.१ ओभरमा विकेट नगुमाइ भेट्टायो। एपीएफलाई जिताउन राजमति ऐरीले अविजित रहँदै ३३ रन बनाइन् । यस्तै इन्दु बर्मा २८ रनमा अविजित रहिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो । ललितपुरका लागि कञ्चन श्रेष्ठले सर्वाधिक १७ रन बनाइन् भने कप्तान सरस्वती चौधरीले १२ रन बनाइन् । सन्तोषी चौधरी १३ रनमा अविजित रहिन् ।

ललितपुरलाई कम स्कोरमा रोक्न एपीएफकी बिना बुढाले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिइन् । रेखा रावलले २ विकेट लिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *