लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सुदूरपश्चिम प्रदेश राजधानीमा जारी पहिलो संस्करणको ललितपुर मेयर्स कप वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको लिगको आफ्नो अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम प्रतियोगिताको फाइनलमा पुगेको हो।

अब सुदूरपश्चिमले उपाधिका लागि विभागीय टिम एपिएफसँग खेल्ने छ। सुदूरपश्चिमले ललितपुर मेयर्स ११लाई ७ विकेट र प्रदेश १लाई ४० रनले हराएको थियो भने एपिएफसँग ३७ रनले पराजित भएको थियो।

बुधबार टियू मैदानमा पहिला ब्याटिङ गर्दैै लुम्बिनीले दिएको ७३ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १२.३ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । उसका लागि मन्जु बोगटीले सर्वाधिक २६ रन बनाइन् भने बिन्दु रावल र रेवती धामीले समान १७ रन बनाए । लुम्बिनीका कृतिका मरासिनीले २ विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर ७२ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक २६ रन बनाइन् भने कप्तान नेरी थापाले ११ रनको योगदान दिइन् ।

लुम्बिनीलाई सस्तैमा समेट्न लक्ष्मी साउदले ४ विकेट लिइन् । ऋतु कनौजियाले ३ तथा सुनिता लुहर र कविता जोशीले १÷१ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *