मेयर कप वुमन्स च्याम्पियनसिपको तालिका सर्वाजनिक, उद्घाटन खेलमा एपिएफ र प्रदेश १ भिड्ने

पहिलो पटक आयोजना हुन लागेको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । सोमबार आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिताको तालिका सर्वाजनिक गरेको हो।

तालिका अनुसार उद्घाटन खेलमा चैत २१ गते विभागीय टोली एपीएफ क्लब र प्रदेश १ भिड्ने छन् । कीर्तिपुरस्थित टीयू मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल बिहान ९ बजे सुरु हुनेछ । गत पुषमा दाङमा भएको प्रधानमन्त्री कपमा प्रदेश १ले एपीएफलाई पराजित गर्दै उपाधि जितेको थियो ।

च्याम्पियनसिपमा पहिलो दिन एक खेल हुनेछ भने दोस्रो दिन दुई खेल हुनेछ । लिगपछि शीर्ष दुईमा रहने टिमले फाइनल खेल्नेछ ।

चैत २१ देखि २८ गतेसम्म हुने प्रतियोगितामा एपीएफ र प्रदेश १ सहित पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा प्रधानमन्त्री कप सेमिफाइनल खेलेका चार टिम र आयोजक ललितपुर मेयर एघार टिम छन् । एपीएफ र प्रदेश १सहित लुम्बिनी र सुदूरपश्चिमले प्रधानमन्त्री कपमा सेमिफाइनल खेलेको थियो ।

ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा क्यानले आयोजना गर्न लागेको प्रतियोगिता चैत २८ सम्म चल्ने छ। टि–२० प्रतियोगितामा ५ टिम सभागी हुने छन् । जसमा ४ टिम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका सेमिफाइनलिस्ट टिम हुने छन् भने एक टिम ललितपुरको टिम हुने छ । जसमा नाम मेयर्स–११ हुने छ।

गत पुसमा दाङमा भएको प्रधानमन्त्री कपमा फाइलन पुगेका प्रदेश १, एपिएफ, लुम्बिनी र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कपम वुमन्स च्यामिपयनसिप खेल्ने छन् । सिंगाल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा लिगका शीर्ष दुई टिम उपाधिका लागि खेल्ने छन्।

प्रतियोगिताका विजेताले ३ र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो। यस्तै, प्लेयर अफ दी सिरिजले २५ हजार रुपैयाँ पाउने छन् भने हरेक विधाका उत्कृष्ट खेलाडीले समान १५ हजार रुपैयाँ पाउनेछन्।

यस्तो छ तालिका

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.