ललितपुर र भैरहवाबीचको हाइस्कोरिङ म्याच बराबरीमा सकियो

भरेस्ट प्रिमियर लिगअन्तर्गत बिहीबारको दोस्रो खेल बराबरीमा सकिएको छ। ललिपुर प्याट्रिओट्स र भैरहवा ग्लाडियटर्सबीचको हाइस्कोरिङ म्याच बराबरीमा सकिएको हो।

पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १७७ रनको ठूलो स्कोर बनायो । १७८ रनको लक्ष्य पछ्याएको भैरहवाको सुरुआत राम्रो रहन सकेन । तर, उपुल थरंगा र कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरेपछि ५ विकेटको क्षतिमा १७७ रन नै बनाउँदै भैरहवाले खेललाई बराबरीमा ल्ययो।

अन्तिम ओभरमा १७ रन बनाउँदै भैरहवाले खेललाई बराबरीमा सकाएको हो । उसका लागि श्रीलंकन टिमका पूर्वकप्तान उपुल थरंगाले सर्वाधिक ६४ रन बनाए भने कुशल मल्लले ३५ रन बनाए ।

थरंगाले ४४ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गर्दा मल्लले १९ बलमा ३ चौका र २ छक्का प्रहार गरे। यी दुईले पाँचौं छैठौं विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए।

यस्तै आसिफ सेखले २८ र तमिम इक्वालले १४ रन बनाए। ललिपुरका रसिद खानले ३ र रिजन ढकालले २ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको ललितपुरका लागि सन्दुन विराकोडीले अर्धशतकीय इनिङ खेले । उनले ४१ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५८ रन बनाए ।

यस्तै, अज्मतुल्लाह ओमरजाईले २२ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ४२ रन बनाउँदा सन्दीप जोराले २५ बलमा ३८ र ओसादा फर्नान्डोले १९ बलमा २० रन बनाए। भैरहवाका अविनाश बोहराले २ विकेट लिए।

बराबरीसँगै ३ खेलमा ४ अंक जोडेको भैरहवा रनरेटमा चितनवलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ। ३ खेलमा १ अंकमात्र जोडेको ललितपुर पुछारमा छ।

Facebook Comments Box