छक्काको वर्षा गर्दै ललितपुर दियो विराटनगरलाई २२७ रनको विशाल लक्ष्य

चौथो संस्करणको इपिएलमा डिफेडिङ च्याम्पियन ललितपुर प्याट्रिओट्सले विस्फोटक ब्याटिङक गरेको छ। शुक्रबार भएको पहिलो खेलमा विराटनगर वारियर्सविरुद्ध ललितपुरले नेपाली घरेलु क्रिकेटकै सर्वाधिक २२६ रन बनायो।

शुक्रबार कीर्तिपुर मैदानमा ललितपुरले छक्काको वर्षा गर्दै विराटनगरलाई २२७ रनको विशाल लक्ष्य दिएको छ। ललिपुरको विस्फोटक इनिङमा दुई विदेशी खेलाडी सन्दुन विराकोडी र अज्मतुल्लाह ओमर्जाइले उत्कृष्ट इनिङ खेल ।

ओपनिङमा आएका श्रीलंकन खेलाडी विराकोडीले ४० बलमा १० चौका ३ छक्का प्रहार गर्दै ७३ रन बनाए भने ओमर्जाइले २४ बलमा ७ छक्का प्रहार गर्दै नटआउट ५८ रन बनाए । विस्फोटक इनिङ खेलेका ओमर्जाइले २१ बलमै शतक प्रहार गरे। यो घरेलु क्रिकेटको सर्वाधिक छिटो अर्धशतक हो।

यस्तै, कप्तान कुशल भुर्तेलले १७ बलमा ३२ , योगेन्द्रसिंह कार्कीले १८ बलमा २७ रन बनाउँदा जयकिशन कोल्सावालाले १० बलमा १३ रन बनाए । यस्तै, ४ बल मात्र खेलेका नायन जोशीले ३ छक्का प्रहार गर्दै १८ रन बनाए ।

ललिपुरले आफ्नो इनिङमा कुल २१ छक्का प्रहार गरेको थियो भने १५ चौका प्रहार गरेको थियो । यो नेपाली क्रिकेटको एकै इनिङमा प्रहार भएको सर्वाधिक बाउन्ड्री र सर्वाधिक छक्का पनि हो

विराटनगरका विराटनगरका कप्तान करण केसीले २ विकेट लिँदा प्रतिश जिसी, सिकन्दर राजा र दिल्शान मुनाविराले समान १ विकेट लिए।

Facebook Comments Box