पवन सर्राफको अर्धशकमा ललितपुरले दियो काठमाडौंमा १५८ रनको लक्ष्य

पवर्न सपर्राफले उत्कृष्ट ब्याटिङ गरेपछि चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)को उद्घाटन खेलमा ललितपुर प्याटि«ओट्सले काठमाडौं किङ्स इलाभेनलाई १५८ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो । उसका लागि सर्राफले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै योगेन्द्र सिंह कार्कीले ३३ रन जोड्दा शंकर रानाले १४ रन बनाए भने भुटानी खेलाडी रनजुङ मिक्यो दोर्जीले अविजित १७ रन जोड्दा नारायण जोशीले १२ रन बनाए । ललितपुरले राम्रो सुरुआत गर्न सकेन । उसले ७ रन बनाउँदा सुरुआती ३ विकेट गुमाएको थियो। उसका कप्तान कुशल भुर्तेल शुन्य, सन्दुन विराकोडी २ र ओसादा फार्नान्डो ४ रनमा आउट भएका थिए।

काठमाडौंका जितेन्द्र मुखियाले ४ विकेट लिए । उनले ४ ओभरमा १८ रन खर्चिए । यस्तै, रायन ब्रुल र गुलशन झाले २–२ विकेट लिए।

यसैबीच १५८ रनको लक्ष्य पछ्याएको काठमाडौंले पनि राम्रो सुरुआत गर्न सकेन । उसले ओपनर सुवास खकुरेललाई शुन्य र अमित श्रेष्ठलाई ४ रनमा गुमायो । दुवै ब्याट्सम्यान रनआउट भए। ताज अवस्थामा ३ ओभरमा २७ रन बनाउँदा काठमाडौंले २ विकेट गुमाएको छ।

Facebook Comments Box