सकिब र लिटोन दास चम्किँदा बंगलादेश विजयी

अराउन्डर सकिब अल हनस र ब्याट्सम्यान लिटोन दास चम्पिकएपछि बंगलादेशले जिम्बाबेविरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा सहज जित हात पारेको छ। शुक्रबार राति जिम्बाबेको हरारेमा भएको खेलमा लिटोन दासले शतक र सकिबले ५ विकेट लिए भने बंगलादेशले जिम्बावेलाई १५५ रनले हरायो।

पहिला ब्याटिङ गर्दै बंगलादेशले दिएको २७७ रनको लक्ष्य पछ्याएको जिम्बावेले २८.५ ओभरमा अलआउट हुँदै १२१ रन मात्र बनाउन सक्यो। उसका लागि रेगिस चाकबभाले ५४ रन बनाए भने कप्तान ब्रेण्डन टेलरले २४ तथा डियोन मेयर्सले १८ रन बनाए।

जिम्बावेलाई सस्तैमा समेट्ने क्रममा शकिब ५ विकेट लिए। योसँगै उनी एकदिवसीय क्रिकेटमा सर्वाधिक विकेट लिने बंगलादेशी खेलाडी बने । उनले २१३ खेलमा २७४ विकेट लिएका छन् ।

पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ९ विकेट गुमाएर २७६ रन बनाएको थियो । उसका लागि लिटोन दासले १०२ रनको शतकीय योगादन दिए । दासले ११४ बलमा ८ चौका प्रहार गर्दै १०२ रन बनाए । यस्तै अफिफ होसेनले ४५, महमुदउल्लाहले ३३ रन बनाए । जिम्बावेका लुकले ३ विकेट लिए ।

Facebook Comments Box