लंका प्रियिमर लिग ४ महिनापछि सर्‍यो

श्रीलंकामा आयोजना हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता लंका प्रिमियर लिग चार महिनापछि सरेका छ। जुलाई अन्तिममा सुरु हुने भनिएको लंका प्रिमियर लिग श्रीलंका क्रिकेटले शुक्रबार विज्ञप्ति जारी गर्दै चार महिनापछि सार्ने निर्णय गरेको हो।

जुलाई २९ देखि तय भएको प्रतियोगिता अब नोभेम्बर १९ देखि १२ डिसेम्बरसम्म आयोजना आयोजक श्रीलंका क्रिकेटले हुने जनाएको छ ।

श्रीलंका क्रिकेटले प्रतियोगितामा धेरैभन्दा धेरै खेलाडीले सहभागिता जनाउने अवसर पाउन् भनेर प्रतियोगिता सारिएको जनाएको छ ।

लंका प्रिमियर लिगको ड्राफ्टमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने पनि परेका छन्।

Facebook Comments Box