को पुग्ला फाइनल लुम्बिनी की जनकपुर ?

Read Time:1 Minute

कीर्तिपुरस्थित टियू मैदानमा जारी नेपाल टि–२० लिगमा आजदेखि प्लेअफका खेलहरू सुरु हुने भएका छन्। प्लेअफ अन्तर्गत आज क्वालिफायरको खेल हुनेछ।

पहिलो क्वालिफायरमा आज लिगका शीर्ष दुई टिम लुम्बिनी अल स्टार र जनकपुर रोयल्स भिड्ने छन्। खेल १२ः३०मा सुरु हुने छ।

लुम्बिनीले लिगका १० मध्ये ८ खेल जितेको थियो भने जनकपुरले ७ खेल जितेको थियो । आज जित्ने टिम सिधै फाइनल पुग्ने हुनाले दुवै टिम जितका लागि मैदान उत्रने छन्।

पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि सोमबार हुने एलिमिनेटरको विजेतासँग खेल्नुपर्नेछ । सोमबार विराटनगर र काठमाडौंबीच एलिमिनेटर हुनेछ ।

लिग चरणमा यी दुवै टिमले समान १ खेल जितेका थिए। पहिलो चरणमा लुम्बिनी ५ रनले विजयी हुँदा दोस्रो चरणमा जनकपुर २३ रनले विजयी भएको थियो।

खेलमा लुम्बिनीका लागि विदेशी खेलाडी हर्मप्रित सिंह, ह्यारी टेक्टर, साड्ली भान साल्कविक, लहिरु मिलन्था तथा नेपाली खेलाडीहरु दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, किशोर महतोलगायत महत्वपूर्ण हुनेछन् भने जनकपुरका लागि साहिउल्लाह सिनवारी, साफरुद्दिन असरफ, सोमपाल कामी, जितेन्द्र मुखिया, सन्दीप जोरा महत्वपूर्ण हुनेछन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ला लिगामा रियलको दोस्रो हार, गुमायो शीर्ष स्थानमा उक्लने अवसर
Next post सूर्यकुमार यादवको विस्फोटक ब्याटिङमा भारतले जित्यो टि–२० सिरिज
Close