काठमाडौंमाथि लुम्बिनीको सानदार जित, लुम्बिनी क्लालिफायरमा

Read Time:2 Minute

नेपाल टि–२० लिगमा आठौं जित निकाल्दै लुम्बिनी अल स्टार क्वालिफारमा पुगेको छ। प्रतियोगितामा आठौं जित निकाल्ने क्रममा लुम्बिनीले बुधबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा काठमाडौं नाइट्समाथि १०२ रनको फराकिलो अन्तरले हरायो।

जारी प्रतियोगिताको यो सबैभन्दा फराकिलो अन्तरको जित हो। अब उसले फाइनल प्रवेशका लागि क्लालिफायर पुग्ने अर्को टिमसँग खेल्ने छ। क्वालिफायरमा उसको भेट जकपुर रोयल्स या काठमाडौंसँग नै हुनेछ।

लुम्बिनीले दिएको १८४ रनको लक्ष्य पछ्याएको काठमाडौं १५.४ ओभरमा ८१ रनमा अलआउट भयो । उसका वसिर अहमदले सर्वाधिक २२ रन बनाए भने कमलसिंह ऐरीले १६ र कप्तान ज्ञानेन्द्र मल्लले १५ रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

काठमाडौंका लागि ह्यारी टेक्टर, ईशान पाण्डे र कुशल भुर्तेलले समान २ विकेट लिए भनो किशोर महतो, विपुल शर्मा, हर्मित सिंहले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेट गुमाउँदै १८३ रन बनाएको थियो । उसका हर्मित सिंहले सर्वाधिक ७० रन बनाए। विस्फोटक ब्याटिङ गरेका उनले ३६ बलमा २ चौका र ८ छक्का प्रहार गरे।

अर्का ओपनर लहिरु मिलन्थाले २६ रन बनाउँदा गुल्सन झाले ११ बलमा २१ रन बनाउँदा ह्यारी टेक्टरले १७ र अनिल शाह १६ रन बनाए। काठमाडौंका लागि अभिनाश बोहराले सर्वाधिक ३ विकेट लिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
50 %
Angry
Angry
0 %
Surprise
Surprise
50 %
Previous post नेपाल टि–२० लिगको फिक्सिङका विषयमा छानविन गर्न गृहमन्त्रीको निर्देशन
Next post सन्दीपकाे न्यायका लागि नेपाली क्रिकेटरले उठाए आवाज
Close