देव र अनिल चम्किँदा गण्डकीमाथि लुम्बिनीको जित

Read Time:2 मिनेट

देव खनाल र अनिल खरेलले उत्कृष्ट प्रदर्शन गरेपछि प्रधानमन्त्री कप टि–२० क्रिकेट प्रतियोगितको समूह चरणको अन्तिम खेलमा लुम्बिनी प्रदेश विजयी भएको छ। आइतबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेल देव ब्याटिङमा र अनिल बलिङमा चम्किएपछि लुम्बिनीले गण्डकी प्रदेशमाथि ५ विकेटको जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै गण्डकीले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १३.५ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो। उसका लागि देव खनालले अर्धशतकीय इनिङ खेले। देवले २६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ५६ रन बनाए ।

यस्तै, सुशान्त थापाले २६ रन बनाए । गण्डकीका सुवास भण्डारीले ३ तथा अशोक श्रेष्ठ र विशाल पौडेलले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी १०४ रनमै अलआउट भयो । उसका अनिल गुरुङले अर्धशतक बनाए पनि अन्यले गतिलो योगदान नदिँदा ठूलो योगफल बनाउन सकेन् ।

अनिलले ३९ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गर्दै ५० रन बनाए । यस्तै, कप्तान विशाल पौडेलले १६ रन बनाउँदा ५ ब्याट्सम्यानले खातै खोल्न सकेनन्।

गण्डकीलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका अनिल खरेलले घातक बलिङ गरे। उनले अनिलले ४ ओभरमा १५ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै कप्तान कृष्ण कार्की र दिपेन्द्र रावतले समान २ विकेट लिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post च्यासलको पुरै टिम कोरोना संक्रमित, पुलिससँगको खेल स्थगित
Next post रियलले जित्यो सुपरकप
Close