
एएफसी कप छनोटको लाइभ एडप्याडले गर्ने
एएफसी कप प्रारम्भिक छनोटअन्तर्गत मछिन्द्र क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीचको खेलको प्रत्यक्ष प्रसारण एडप्याडले गर्ने भएको छ । मछिन्द्रले एडप्याडसँग प्रसारण, मिडिया र वितरण अधिकारका लागि सम्झौता गरेको छ ।
लगातार दुई पटक लिग उपाधि जितेको मछिन्द्रले पहिलो पटक एएफसी कपमा खेल्दैछ । मछिन्द्र र ब्लु स्टारबीचको खेल यही चैत २२ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।