स्पट फिक्सिङमा पक्राउ परे महबुब र अदिल आलम

Read Time:2 Minute

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम र वर्तमान राष्ट्रिय टिमका अलराउन्डर अदिल आलमलाई पक्राउ गरेको छ।

गत महिनासम्पन्न नेपाल टि–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको अरोपमा सआईबीले महबुब र अदिललाई पक्राउ गरेको हो।

पक्राउ परेका आलमले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए । यता, महबुब कीर्तिमानी अलराउन्डर हुन्। ५० ओभरको क्रिकेटमा एकै खेलमा १० विकेट लिने कीर्तिमान उनको नाममा छ।

महबुब र अदिलले साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको सीआईबीले जनाएको छ।

अदिलले जतिनलाई अन्य खेलाडीहरुसँग पनि सम्पर्क गर्न सहयोग गरेको सिआईबीले जनाएको छ। सिआईबीले ‘म्याच फिक्सिङ’ गर्ने प्रयास भए पनि अनुसन्धान सुरु भएपछि त्यो सम्भव नभएको उल्लेख गरेको छ।

नेपाल टि–२० लिग चलिरहेकै बेला स्पष्ट फिक्सिङ लगायतका विवाद देखिएपछि सभेन थ्री स्पोर्टसमा मालिक भागेर भागेर भारत पुगेका थिए। खेल चलिरहेकै बेला पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आफ्नो खेलाडीलाई पनि फिक्सिङको अफर आएको बताएका थिए।

पछि प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए।

त्यसपछि गृहमन्त्रालयले फिक्सिङका विषयमा छानविन सिबाईलाई निर्देशन दिएको थियो। स्पट फिक्सिङमा ३ नेपाली क्रिकेटरसहित ७ जनाको संलग्नता रहेको सिआईबीको प्रारम्भिक निष्कर्ष थियो।

म्याच फिक्सिङमा पुरै हारजित हुने गरी सट्टेबाजी हुने गर्छ । स्पट फिक्सिङमा यति रनमा आउट हुने/नहुने, व्यक्तिले यति बलमा यति रन गर्छु, बलरले यति ओभरको यति बलमा लुज बल गर्ने आदिलगायतका विषयमा सेटिङ भएको हुन्छ । त्यसैको आधारमा हुने सट्टेबाजी अनि पैसामा दाउ लगाउने गरिन्छ ।

Happy
Happy
68 %
Sad
Sad
11 %
Excited
Excited
0 %
Sleepy
Sleepy
5 %
Angry
Angry
0 %
Surprise
Surprise
16 %
Previous post फिफाले लगायो श्रीलंकामाथि प्रतिबन्ध
Next post टाइगर कप भलिबल : महिलातर्फ एपीएफ जित
Close