श्रीलंकाविरुद्धको टि–२० सिरिजमा इंग्ल्यान्डको क्लिनस्विप

इंग्ल्यान्डले श्रीलंकाविरुद्धको टि–२० सिरिजमा क्लिनस्विप गरेको छ। शनिबार भएको तीन खेलको टि–२० सिरिजको अन्तिम खेलमा श्रीलंकालाई ८९ रनले पराजित गर्दै इंग्ल्यान्डले टि–२० सिरिज क्लिनस्विप गरेको हो। यसअघिका दुई खेलमा इंग्ल्यान्ड ८ विकेट र ५ विकेटले विजयी भएको थियो ।

कार्डिफमा शनिबार राति भएको अन्तिम खेलमा १८१ रनको लक्ष्य पछ्याएको श्रीलंका १८.५ ओभरमा ९१ रनमै अलआउट भयो । उसका लागि बिनुरा फर्नान्डोले सर्वाधिक २० रन बनाए । अन्य ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन्।

श्रीलंकालाई सस्तैमा समेट्न इंग्ल्यान्डका डेभिड विलीले ३ विकेट लिए भने साम कुरानले २ विकेट लिए । विलीले ४ ओभरमा २४ र कुराले ४ ओभरमा १४ रन मात्र खर्चिए ।

यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो। उसका लागि डेविड मालनले ७६ रन बनाए । उनले ४८ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै, जोनी बेइस्टोले ४३ बलमा ५१ रन बनाए । यी दुईले पहिलो विकेटका लागि ११.४ ओभरमा १०५ रनको साझेदारी गरेका थिए । श्रीलंकाका श्रीलंकाका दुश्मन्था चामिराले ४ विकेट लिए ।

Facebook Comments Box