भारत र इंग्ल्यान्डबीचको पाँचौं टेस्ट रद्द, के हुन्छ सिरिज ?

म्यान्चेस्टरमा आजबाट सुरु हुने भनिएको भारत र घरेलु टोली इंल्यान्डबीचको पाँचौं टेस्ट रद्द गरिएको छ। भारतीय टिमको सपोर्ट स्टाफमा कोरोना संक्रमण देखिएपछि भातर र इंग्ल्यान्डबीचको पाँचौं टेस्ट रद्द गरिएको छ।

पाँचौं टेस्ट रद्द भएपछि सिरिज के हुने भन्ने अन्योल पैदा भएको छ। ५ खेलको सिरिजमा भारत २–१ले अगाडि छ । भारतीय टिमले खेल खल्न नमानेकाले इसिबीले टेस्ट आफूले जित्नुपर्ने बताएको छ।

मुख्य प्रशिक्षक रवि शास्त्रीसहित बलिङ प्रशिक्षक भरत अरुण, फिल्डिङ प्रशिक्षक आर श्रीधर तथा फिजियो नीतिन पटेललाई कोरोना संक्रमण देखिएको थियो । बिहीबार मात्र साहायक फिजियो योगेश परमारलाई कोरोना संक्रमण पुष्टी भएपछि खेलाडी पनि जोखिममा रहेको भन्दै भारतीय टिमले पाँचौं टेस्ट खेल्न नमानेको हो। उसले पाँचौं टेस्ट आफूले जित्ने र सिरिज २–२को बराबरीमा सकिने बताएको छ।

तर, इसिबीको यो दाबीलाई बिसिसिआईले इन्कार गरेको छ। उसले सिरिजमा भारतका अग्रता कयामै रहेको र रोकिएको खेल केही दिन पछि खेलिने बताएको छ । यस विषयमा इसिबीसँग कुरा भइरहेको र चाँडै नै मिति तय गरिने बिसिसिआई स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

Facebook Comments Box