नेपाल आएपछि प्रभाकरले भने– आफ्नो अनुभव युवा खेलाडीको सुधारमा लगाउँछु

Read Time:2 मिनेट

अघिल्लो सातामा नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बनेको मनोज प्रभाकर टिम सम्हाल्न नेपाल आइपुगेका छन्। उनी शनिबार साँझ नेपाल आएका हुन्।

नेपाल आएपछि उनले कुनै पनि देशको राष्ट्रिय टिमको प्रशिक्षक बन्नु आफैंमा चुनौतीपूर्ण भएको बताएका छन् । आफू हुर्केको भुगोल र नेपालको भौगोलिक अवस्था उस्तै भएकाले पनि आफू नेपाल आएको उनले बताएका छन्।

‘म पनि पहाडी क्षेत्रबाट हुर्के हुँ, र अहिले पनि त्यहीँ बस्छु । पहाडी क्षेत्रका मानिसमा फरक खालको स्टामिना हुन्छ,’ उनले भनेका छन्, ‘उनीहरुमा छुट्टै स्वभावको आक्रमणता हुन्छ । त्यसैले मैले नेपालको चुनौती स्वीकारेको हुँ ।’

मुख्य प्रशिक्षक प्रभारकले राम्रो नतिजा ल्याउन आफू उत्साहित रहेको उनले बताएका छन्। उत्तर प्रदेशको गाजियाबादमा जन्मिएका प्रभाकरले दिल्लीबाट घरेलु क्रिकेट खेलेका थिए ।

क्यानसँग एक वर्षको सम्झौता गरेर प्रभाकर नेपाल आएका हुन्। अर्को साता नेपाली टिमलाई लिएर केन्या भ्रमणमा निस्कने छन्। त्यहाँ नेपालले ५ टि–२० ३ एकदिवसीय खेल्ने छ।

मुख्य प्रशिक्षक हुनु आफैंमा चुनौतीपूर्ण भएको भएको बताउँदै नेपालका युवा खेलाडीलाई सहयोग गर्न आफू तयार रहेको उनले बताएका छन्।

‘अन्तर्राष्ट्रिय स्तरमा टिम डेभलप गरेर प्रतिस्पर्धा गर्नु एउटा चुनौती हो। मसँग पर्याप्त अनुभव छ, त्यसैले मलाई टिममा युवा खेलाडीलाई कसरी सुधार गर्नुपर्छ भनेर थाहा छ’ उनले भनेका छन्, ‘यो सामान्य विषय हो । यसलाई सुधार गर्नुपर्छ, त्यसका लागि म यहाँ छु । २–३ महिनामा यो सुधार थाहा हुनेछ

नेपाली खेलाडीहरूले कसरी खेलिरहेका छन् भनेर उनीहरुका भिडियोहरू हेरिरहेको बताउँदै प्रभाकरले उनीहरूलाई ब्याटिङमा सहयोग गर्ने उल्लेख गरे। उनले टिम बलियो बनाउन ब्याटिङमा मिहिनेत गर्नुपर्ने बताए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post उत्कृष्ट प्रदर्शनपछि पनि किन खुसी छैनन् जिसस ?
Next post यू–१७ साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल भुटानसँग
Close