
पञ्जावमाथि दिल्लीको जित, प्लेअफ सम्भावना कायमै
इन्डियन प्रिमियर लिग (आइपिएल) दिल्ली क्यापिटल्स विजयी भएका्े छ। मुम्बईमा सोमबार राति भएको खेलमा दिल्लीले पञ्जाब किङ्सलाई १७ रनले हरायो।
यो जितसँगै दिल्ली अंकतालिकाको चौथो स्थानमा उक्लिउको छ। दिल्लीले १३ खेलमा १४ अंक जोडेको छ। र, दिल्लीले प्लेअफ सम्भावना जिवितै भएको छ।
दिल्लीले दिएको १६० रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रनमात्रै बनाउन सक्यो । उसका लागि जितेश शर्माले सर्वाधिक ४४ रन बनाउँदा राहुल चाहरले अविजित २५ रन जोडे।
दिल्लीका शार्दुल ठाकुरले सर्वाधिक ४ तथा अक्षर पटेल र कुलदिप यादवले समान २ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन जोडेको थियो। दिल्लीका लागि मिचेल मार्शले सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ खेले। सर्फराज खानले ३२ रन जोड्दा ललित यादवले २४ रन बनाए।
पन्जाबका लियाम लिभिङस्टोन र अश्रदिप सिंहले समान ३ विकेट लिए।