न्युजिल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो टि २० विश्वकप

एकदिवसीय विश्वकपको ५ पटकको विजेताा अस्ट्रेलियाले पहिलो पटक टि२० विश्वकप उपाधि जितेको छ। दुबईमा आइतबार भएको फाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै अस्ट्रेलियाले पहिलो टि २० विश्वकप उपाधि जितेको हो।

दुबईमा अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य अस्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो।

अष्ट्रेलियालाई पहिलो उपाधि दिलाउने क्रममा मिचेल मार्स र डेभिड वार्नरले अर्धशतकीय योगदान दिए। मार्सले अविजित ७७ रन बनाए। उनले ५० बलमा ६ चौका र ४ छक्का प्रहार गरे। डेभिड वार्नरले ३८ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाए।

मार्स र वार्नरले दोस्रो विकेटका लागि ९२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । यस्तै मार्सले तेस्रो विकेटका लािग ग्लेन म्याक्सवेलसँग ६६ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए। म्याक्सवेलले १८ बलमा २८ रन बनाए,

न्यूजिल्यान्डका ट्रेन्ट बोल्टले ४ ओभरमा १८ रन मात्र खर्चेर २ विकेट लिए।

पहिला ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनायो। उसका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ८५ रनको योगदान दिए। उनले ४८ बलमा १० चौका र ३ छक्का प्रहार गरे।

यस्तै, मार्टिन गप्टिलले २८ रन बनाउँदा ग्लेन फिलिप्सले १८ र डार्यल मिचेलले ११ रन बनाए। अस्ट्रेलियाका जोस हाजलउडले खर्चिएर ३ विकेट लिए। एडम जाम्पाले १ विकेट लिए।

अस्ट्रेलियाका डेभिड वार्नर प्रतियाेगिताका सर्वाेत्कृष्ट खेलाडी बने । फाइनलमा अर्धशतक बनाएका वार्नरले प्रतियाेगितामा २८९ रन बनाएका थिए।

Facebook Comments Box