अन्तिम टि–२०मा अस्ट्रेलियालाई ७ विकेटले हराउँदै न्युजिल्यान्डले जित्यो सिरिज

पाँच खेलको सिरिजको अन्तिम टि–२०मा अस्ट्रेलियालाई पराजित गर्दै घरेलु टोली न्युजिल्यान्डले टि–२० सिरिज जितेको छ। आइतबार वेलिङटनमा भएको अन्तिम तथा निर्णायक टि–२०मा अस्ट्रेलियालाई ७ विकेटले हराउँदै न्युजिल्यानडले ५ खेलको सिरिज ३–२ले जितेको हो।

सिरिजका सुरुआती २ खेल न्युजिल्यान्डले जितेको थियो, त्यसपछि सिरिजमा पुनरागमन गर्दै दुई खेल अस्ट्रेलियाले जितेपछि सिरिज रोञ्माचक बनेको थियो। तर, अन्तिम खेलमा घरेलु टिम हाबी भयो, र सिरिज जित्यो।

वेलिङ्टनमा पहिला ब्याटिङ गर्दै अष्ट्रेलियाले दिएको १४३ रनको लक्ष्य न्युजिल्यान्डले १५.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो। उसका लागि मार्टिन गप्टिलले सर्वाधिक ७१ रन बनाए । उनले ४६ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै डेभोन कनवेले ३६ रन जोड्दा ग्लेन फिलिप्सले अविजित ३४ रन योगदान गरे। अष्ट्रेलियाका रिले मेरेडिथले २ र झ्ये रिचर्डसनले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४२ रन बनायो । अष्ट्रेलियाका लागि म्याथ्यु वेडले सर्वाधिक ४४ रन बनाए भने कप्तान आरोन फिन्चले ३६ र मार्कस स्टोइनिसले २६ रनको योगदान दिए । न्युजिल्यान्डका इश सोधीले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट र टिम साउदीले समान २ विकेट लिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.