
पिएम कपमा अनाैठो घटना, क्रिकेटर मास्क लगाएरै मैदानमा
नेपाल कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको छ। संक्रमण तीव्र रुपमा बढेपछि सरकारले ‘स्मार्ट लकडाउन’ गरेको छ।
महामारीबीच नै खेलकुद प्रतियोगिता भने चलिरहेका छन्। काठमाडौंमा प्रधानमन्त्री कप टि–२० क्रिकेट प्रतियोगिता पनि चलिरहेको छ।
प्रतियोगिताअन्तर्गत मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा सेमिफाइनलका दुवै खेल भए । पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले बागमती प्रदेशको सामाना गर्दा अर्को सेमिफाइनलमा एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबको सामाना ग¥यो।
दुवै सेमिफाइनलमा केही खेलाडी मास्क लगाएरै मैदान उभित्रए । पहिलो सेमिफाइलनमा पुलिका अलराउन्डर दीपेन्द्रसिंह ऐरी मास्क लगाएर बलिङ गरिहेका देखिए ।

यता, दोस्रो सेमिफाइलनमा एपिएफका ओपनर प्रदीप ऐरी मास्क लगाएरै ब्याटिङका लागि क्रिजमा उत्रिए भने पुलिका कप्तान विनोद भण्डारी मास्ककै साथ विकेटपछाडि देखिए । खेलकै क्रमा आर्मी स्पिनर सुशन भारी पनि मास्क लगाएरै बलिङ गरिरहेको देखिए।
क्रिकेटमा खेलाडी मास्क लगाएर मैदानमा उत्रिएको यो सायद पहिलो घटना हो।
बुधबार हुने फाइनलमा उपाधिका लागि उत्कृष्ट लयमा रहेका दुई विभागीय टिम नेपाल पुलिस क्लब र एपिएफ क्लब भिड्नेछन्।