विराटनगर र काठमाडौंबीचको खेल टस नै नभइ रोकियो

कीर्तिपुरस्थित टियू मैदानमा जारी चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत सोमबारको पहिलो खेल स्थगित भएको छ । सोमबार बिहान हुने भनिएको विराटनगर वारियर्स र काठमाडौं किंग्सबीचको खेल टस नै नभइ स्थगित भएको हो।

आइतबार दिउँसोबाट भएको भारी वर्षाका कारण मैदान हिलो भएपछि विराटनगर र काठमाडौंबीचको खेल स्थगित भएको हो । खेल रद्द भएपछि दुवै टिमले १ अंक बाँडेका छन्।

दोस्रो खेल रद्द भएपछि काठमाडौं तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा ललितपुर वारियर्सलाई पराजित गरेको काठमाडौंको २ खेलम ३ अंक भएको छ । यता, पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित विराटनगरको १ अंकमात्र छ।

यसअघि वर्षाकै करण आइतबार भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजबीचका खेल पनि रद्द भएको थियो।

Facebook Comments Box