
न्युजिल्यान्ड १० विकेटले विजयी (इन्फोग्राफिक्ससहित)
इंग्ल्यान्ड र वेल्समा जारी १२औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले सानदार सुरुवात गरेको छ । विश्वकप अन्तर्गत शनिबार भएको पहिलो खेलमा श्रीलंकालाई १० विकेटले पराजित गर्दै न्युजिल्यान्डले सानदार सुरुवात गरेको हो ।
शनिबार कार्डिफमा भएको खेलमा पहिला ब्याटिङ गर्दै श्रीलंकाले १३६ रन मात्र बनाउन सक्यो । न्युजिल्यान्डको फास्ट बलरले उत्कृष्ट प्रदर्शन गरेपछि श्रीलंका २९.२ ओभरमै अलआउट भयो ।
उसका लागि दिमुथ करुणारत्नेले अर्धशतक बनाए । उनले ८४ बल खेल्दै ४ चौकाको सहयोगमा ५२ रन बनाए । यस्तै, कुशल परेराले २९ र थिसारा परेराले २७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् ।
श्रीलंकाको इनिङ ध्वस्त बनाउने क्रममा म्याट हेनरी र लकी फर्गुसनले समान ३ विकेट लिए भने ट्रेन्ट बोल्ट, मिचेल सान्टनर, कोलिन डे ग्रान्डहोम र जेम्स निसमले समान १ विकेट लिए ।
१३७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १६.१ ओभरमा भेट्टायो । उसका दुवै अोपनरले अर्धशतक बनाए । मार्टिन गुप्टिलले ५१ ब्लमा ७३ रन बनाए भने कोलिन मुन्रोले ४७ बलमा ५८ रन बनाए ।