राजस्थानविरुद्ध कोलकाताको सानदार जित

इन्डियन प्रिमियर लिग (आईपिएल)मा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्र्समाथि सानदार जित हात पारेको छ । बुधबार राति दुबईमा भएको खेलमा कोलकाताले राजस्थानलाई ३७ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ।

पहिलो खेलमा मुम्बईसँग ४९ रनले पराजित भएको कोलकताले दोस्रो खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पँजित भएको थियो । यता, राजस्थानले भने पहिलो हारको सामाना गरेको छ । उसले चेन्नई सुपर किंग्सलाई १६ रन र किंस इलावेन पञ्जावलाई ४ विकेटले पराजित गरेको थियो ।

पहिला ब्याटिङ गर्दै कोलकाताले लिएको १७५ रनको लक्ष्य पछ्याएको राजस्थालने निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १३७ रन मात्र बनाउन सक्यो। उसका लागि टम कुरानले अर्धशतकीय योगदान दिए । कुरानले ३६ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ५४ रन बनाए ।

यस्तै, जोश बट्लरले २१ र राहुल तेवातियाले १४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । कोलकाताका शिवम मावी, कमलेश नगरकोटी र वरुण चक्रावर्तीले समान २ विकेट लिए ।

टस जितेर राजस्थानले फिल्डिङ रोजेपछि ब्याटिङका लागि आएको कोलकाताले ६ विकेट गुमाउँदै १७४ रन बनायो । उसका लागि शुभमन गिलले सर्वाधिक ४७ रन बनाए । उनले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, इओन मोर्गनले २३ बलमा ३४ रन बनाए भने आन्द्र रसेलले १४ बलमा २४ र नितिश रानाले १७ बलमा २२ रनको योगदान दिए । राजस्थानको जोफ्रा आर्चरले २ र अकीत राजपूत, जयदेव उनकड, टम कुरान र राहुल तेवातियाले समान १ विकेट लिए ।

बिहीबार साँझ ७ः४५ बजे दुबईमै हुने खेलमा मुम्बई इन्डियन्स र किंग्स इलावेन पञ्जाव भिड्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP