मेयर कपका लागि काठमाडौं मेयर-११ टिम घोषणा

मेयर कप क्रिकेट प्रतियोगिताका काठमाडौं महानगरपालिकाको टिम घोषणा गरिएको छ। फागुन २२ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि पिएम कप क्रिकेट खेलेका प्रदेश १, प्रदेश २, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका खेलाडीलाई समावेश गर्दै काठमाडौं मेयर–११ टिमको घोषणा गरिएको हो।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार घोषणा गरेको १५ सदस्यीय टिममा लुम्बिनी प्रदेशका सर्वाधिक ५ खेलाडी परेका छन् भने कर्णालीका ३ खेलाडीले काठमाडौं मेयर–११मा स्थान बनाएका छन् । यस्तै? प्रदेश २, गण्डकी र सुदूरपश्चिम प्रदेशका समान २–२ खेलाडी टिममा पर्दा प्रदेश १ का १ खेलाडी छनोट भएका छन् ।

सिंगल राउन्ड रोविनका आधारमा हुने एकदिवसीय प्रतियोगितामा काठमाडौं मेयर–११सहित ५ टिम सहभागी हुने छन् । अन्य चार टिम पिएम कप क्रिकेटका सेमिफाइनलिस्ट हुन् । जसमा एपिएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी र बागमति प्रदेश छन्।

प्रतियोगिता काठमाडौं महानगरपालिकाको सहयोगमा क्यानले आयोजना गर्न लागेको हो । मेयर कप फागुन २२ देखि २९ गतेसम्म टीयू क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

यस्तो हुने हुने छ काठमाडौं मेयर–११ टिम

सिद्धान्त लोहनी (प्रदेश १), हरिशंकर शाह र विवेक यादव (प्रदेश २), विपिन खत्री र अर्जुन कुमाल (गण्डकी), कृष्ण कार्की, सौरभ खनाल, अनिल खरेल, विक्रम भुसाल र सन्दीप रजाली(लुम्बिनी), अनुज चुनारा, विपिन रावल र रविन्द्रजंग शाही (कर्णाली), खड्गबहादुर बोहरा र नारायण जोशी (सुदूरपश्चिम) ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.