मेयर्स कप वुमन्स च्याम्पियनसिप : सरस्वतीको कप्तानीमा मेयर्स–११ को टिम घोषणा

ललितपुर मेयर्स कप वुमन्स च्याम्पियनसिप क्रिकेट प्रतियोगिताका लागि ललितपुर मेयर्स–११को टिम घोषणा गरिनएको छ । प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यन)ले सरस्वती चौधरीको कप्तानीमा मेयर्स ११ टिमको घोषणा गरेको हो।

पहिलो संस्करणको ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिताका लागि ललितपुर मेयर(११ को टिम घोषणा गरेको छ ।

क्यानले शनिबार घोषणा गरेको १४ सदस्यीय टिममा कविता गौतम, विमला मगर, सुमन खतिवडा, आरती बिडारी, केनुका बस्नेत छन् । यस्तै अलिशा लामिछाने, अनुराधा चौधरी, शोभा आले, बिन्दु कटवाल, कन्चन श्रेष्ठ, अश्मिना कर्माचार्य, सृष्टि पौडेल र निशा पराजुली पनि मेयर्स ११को टिममा छन्।

ललितपुर महनगरपालिकाको सहयोगमा क्यानले आयोजना गर्ने प्रतियोगिता चैत २१ देखि २८ गतेसम्म आयोजना हुनेछ। कीर्तिपुरस्थित टीयू मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली एपीएफ क्लब र प्रदेश १ भिड्ने छन् ।

सिंगाल राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितमा लिगका शीर्ष दुईमा रहने टिमले फाइनल खेल्नेछ । प्रतियोगिताा पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा प्रधानमन्त्री कप सेमिफाइनल खेलेका चार टिम र आयोजक ललितपुर मेयर ११ टिम छन् । एपीएफ र प्रदेश १ सहित लुम्बिनी र सुदूरपश्चिमले प्रधानमन्त्री कपमा सेमिफाइनल खेलेको थियो ।

प्रतियोगिताका विजेताले ३ र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो। यस्तै, प्लेयर अफ दी सिरिजले २५ हजार रुपैयाँ पाउने छन् भने हरेक विधाका उत्कृष्ट खेलाडीले समान १५ हजार रुपैयाँ पाउनेछन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.