
म्याकोइ चम्किँदा भारतमाथि वेस्टइन्डिजको जित
फास्ट बलर ओबेड म्याकोइले वेस्टइन्डिजका लागि टि–२० क्रिकेटकै उत्कृष्ट प्रदर्शन गरेपछि वेस्टइन्डिज विजयी भएको छ। सोमबार राति भएको खेलमा म्याकोइले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि वेस्टइन्डिजले भारतमाथि ५ विकेटको सानदार जित निकाल्यो।
पहिला ब्याटिङ गर्दै भारतले दिएको १३९ रनको सामान्य लक्ष्य वेस्टइन्डिजले १९.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो। उसका लागि ओपनर ब्राण्डन किङले ६८ रनको अर्धशतकीय क्ष्निङ खेले भने डिभोन थोमसले ३१ रन बनाए ।
भारतका रविन्द्र जडेजा, हार्दिक पाण्ड्या, अर्शदिप सिंह,रविचन्द्रन आश्विन र आभेस खानले समान १ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले १९.४ बलमा अलआउट हुँदै भारतले १३८ रन मात्र बनाउन सकेको थियो। भारतले टि–२० अन्तर्राष्ट्रियमा पहिलो इनिङमा बनाएको यो सर्वाधिक कम योगफल हो।
भारतका लागि हार्दिक पाण्ड्याले ३१ तथा रविन्द्र जडेजाले २७ रन बनाउँदा ऋषभ पन्तले २४ रन बनाए।
वेस्टइन्डिजका लागि ओबेड म्याक्वईले ६ विकेट लिए । उनले ४ ओभरमा १ मेडनसहित १७ खर्चिए। यो टि–२० अन्तर्राष्ट्रियमा वेस्टइन्डिजका लागि सर्वोत्कृष्ट बलिङ फिगर हो। जेसन हाल्डरले २ विकेट लिए ।
वेस्टइन्डिजको जितसँगै ५ खेलको टि–२० सिरिज १–१को बराबरीमा आएको छ। सिरिजको तेस्रो खेल मंगलबार हुनेछ ।