भिलियर्स चम्किँदा ब्रिस्बनसँग हार्‍यो मेलबर्न, सन्दीपको उत्कृष्ट बलिङ

दक्षिण अफ्रिकाका पूर्वब्याट्सम्यान एबी डी भिलिर्सले विस्फोटक ब्याटिङ गरेपछि बिग बास लिगमा सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले लागतार तेस्रो हार बेहोरेको छ । शनिबार मबेलर्नमा भएको खेलमा मेलबर्न ब्रिस्बर्न हेटसँग ७१ रनले पराजित भयो ।

यसअघिका २ खेलमा मेबलर्न सिड्नी सिक्र्ससँग २१ र एडिलेड स्ट्राइकर्ससँग ११ रनले पराजित भएको थियो । लिगका अन्तिम ३ खेलबाँकी छँदै शीर्ष स्थानमा रहँदै मेलबर्न क्वालिफायरमा पुगिसकेकाले उसलाई लगातार तेस्रो हारले कुनै असर गरेन । यता, मेबलर्नविरुद्धको जित ब्रिस्बनको प्लेअफ आशा जिवितै रहेको छ ।

ब्रिस्बर्नले दिएको १८७ रनको लक्ष्य पछ्याएको मेबलर्न १७.४ ओभरमा अलउआउट हुँदै ११५ रन मात्र बनाउन सक्यो । उसका लागि पिटर ह्यान्ड्सकोम्बले सर्वाधिक २७ रन बनाए भने निक लरकिनले २२, मार्कस स्टोइनिसले १७ र क्लिन्ट हिन्चलिफले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

मेबलर्नलाई सस्तैमा समेट्ने क्रममा मिचेल स्विपसन ३ विकेट लिए भने जेम्स प्याटिन्सन र मुजिब उर रहमानले समान २ किवेट लिए । उत्कृष्ट बलिङ गरेका मुजिबले ४ ओभरमा ११ रन मात्र खर्चिए ।

एबी डी भिलियर्सले अर्धशतकीय इनिङ खेलेपछि यसअघि पहिला ब्याटिङ गरेको ब्रिस्बर्नले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १८६ रन बनाएको थियो । उसका एबी डे भिलियर्सले सर्वाधिक ७१ रन बनाए । उनले ३७ बल खेल्दै २ चौका र ७ छक्का प्रहार गरे । यस्तै कप्तान क्रिस लिनले ३४, मार्नस लाबुसेङले २४ र बेन कटिङले २२ रन बनाए । भिलियर्स र लाबुसेङले पाचौं विकेटका लागि नटआउट ७० रनको साझेदारी गरे ।

सन्दीपको उत्कृष्ट बलिङ

टिम पराजित भए पनि नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानले उत्कष्ट बलिङ गरे । उनले ४ ओभरमा १६ दिएर १ विकेट लिए । सन्दीपले पहिलो ओभरमा ३ रन दिएका थिए भने दोस्रो ओभरमा पनि ३ रन नै दिए ।

तेस्रो ओभरमा सन्दीपले ५ रन खर्चेर १ विकेट लिए । उनले चौथो बलमा क्रिस लिनलाई बेन लरकिनबाट क्याच आउट गराएका थिए । अन्तिम ओभरमा सन्दीपले ५ रन दिए । उनले ४ ओभरमा ९ टडबल गर्दा कुनै पनि बाउन्ड्री दिएनन् । सन्दीपले १३ खेलमा कुल १५ विकेट लिएका छन् । मेलबर्नका एडम जम्पाले सार्वधिक ३ विकेट लिए भने सन्दीप र दिलबर हुसेनले १–१ विकेट लिए ।

प्लेअफ पुग्ने ३ टिमको टुंगो लग्यो

लिगको अन्तिम खेल बाँकी रहँदा प्लेअफ पुग्ने ४ मध्ये ३ टिमको टुंगो लागेको छ । शीर्ष स्थानको मेलबर्न, सिड्नी सिक्सर्स र एडिलेड स्ट्राइकर्स प्लेअफ पुगिसकेका छन् । १४ खेलमा १० जित निकाल्दै मेलबर्न २० अंक जोडेको मेबलर्न क्यालिफायरमा पुगेको छ । १९ अंक जोडेको सिड्नी सिक्सर्स दोस्रो स्थानमा छ । १७ अंक जोडेको एडिलेड स्ट्राइकर्स तेस्रो स्थानमा छ ।

अन्तिम खेलमा एडिलेड विजयी भए उ पनि क्वालिफायरमा पुग्ने छ भने एडिलेड पराजित भए सिड्नी क्वालिफायर पुग्ने छ । प्लेअफ पुग्ने चौथो टिम पर्थ स्कोचर्स र ब्रिस्बनमध्ये एक हुने छन् । दुवैको समान १२ अंक छ । अन्तिम खेलमा पर्थले सिड्नी थन्डरसँग खेल्ने छ भने ब्रिस्बनले मेबलर्न रेनिगेट्ससँग खेल्ने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.