स्टोइनिसको विस्फोटक इनिङमा मेलबर्नको ८औं जित, सन्दीपले लिए १ विकेट

ओपनर मार्कस स्टोइनिसले विस्फोटक ब्याटिङ गरेपछि मेलबर्न स्टार्सले बिग बास लिगमा ८औं जित निकालेको छ । आइतबार मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा स्टोइनिसले १४७ रन बनाउँदा मेबलर्नले सिड्नी सिक्सर्सलाई ४४ रनले हरायो ।

यो जितसँगै मेबलर्नले शीर्ष स्थानमा ४ अंकको अग्रता कायम गरेको छ । उसले ९ खेलमा ८ जित निकाल्दै १६ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको सिड्नी सिक्सर्सको १० अंक छ । समान ९ अंक जोडेको एडिलेड स्ट्राइकर्स र सिड्नी थन्डर क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

मेलर्बनले दिएको २२० रनको लक्ष्य पछ्याएको सिड्नी सिक्सर्सले २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन मात्र बनाउन सक्यो । उसका लागि बेन ड्वार्सुइसले १७ बलमा सर्वाधिक ४२ रन बनाए भने कप्तान मोरिस हेनरिक्सले ४१, जोर्डन सिल्कले ३२ रन बनाए ।

मेलबर्नका लागि क्लिन्ट हिन्चलिफले सार्वधिक ३ विकेट लिए । यस्तै, सन्दीप लामिछाने, ह्यारिस रउफ, लन्स मोरिस र ड्यानिल वारेलले समान १ विकेट लिए । सिड्नी सिक्सर्सविरुद्धको १ विकेटसँगै सन्दीपल विग बासमा आफ्नो विकेट संख्या ९ पु¥याएका छन् ।

यसअघि मेबलर्न क्रिकेट मैदानमा भएको खेलमा स्टोइसिले विस्फोटक ब्याटिङ गरेपछि मेलबर्नले २० अ‍ोभरमा १ विकेट गुमाउँदै २१९ रन बनायो । नटआउट रहेका स्टोइनिसले ७९ बल खेल्दै १३ चौका र ८ छक्का प्रहार गरे । यस्तै हिल्टन क्याटराइटले पनि अर्धशतकीय योगदान दिए । उनले ४० बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५९ रन बनाए । उनी मेलबर्नको एकमात्र विकेटका रुपमा टम कुरानको बलमा क्याच आउट भए ।

स्टोनिइसले र क्याटराइटले पहिलो विकेटका लागि १९.१ ओभरमा २०७ रनको विशाल साझेदारी गरे । यो टि–२० क्रिकेटको ठूलो साझोदारीमा ७औं स्थानमा छ । यो सूचीमा शीर्ष स्थानमा अफगानिस्तानका हज्रतुल्लाह जजाई र उस्मान घानीलेको २३६ रनको साझेदारी छ । पहिलो विकेटका लागि भने चौथो ठूलो साझेदारी हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.